Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

कालिका पावर कम्पनीको साधारण शेयरको बिक्री बन्द आज गर्दै

कालिका पावर कम्पनीको साधारण शेयरको बिक्री बन्द आज गर्दै

काठमाडौं, ८ फागुन । कालिका पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि आज मंगलबार फागुन ८ गते प्राथमिक शेयरको बिक्री बन्द गर्दैछ । कम्पनीले गोरखा जिल्लाका स्थानीयहरुलाई एक सय रुपैयाँ अंकित मुल्यको ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर माघ २१ गतेबाट निष्काशन गरेको हो ।

कम्पनीका अनुसार गोरखा जिल्लाको तत्कालीन मुच्चोक गाविस, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथकोट, ताप्ले, नारेश्वर र गोरखा नगरपालिका वडा नं ४, ५ र १३, अजिरकोट गाँउपालिका वडा नं ४र ५ तथा ६, भीमसेन गाउपालिका वडा नं १, सीरानचोक गाँउपालिका वडा नं ७ र गोरखा नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७ का बासिन्दाका लागि ४० प्रतिशत शेयर बिक्री गर्ने छ । ती गाविसका जनताले २ लाख ४० हजार कित्ता शेयर पाउनेछन् ।

गोरखा जिल्लाका अन्य बासिन्दाका लागि ६० प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर छुट्याइएको छ । उक्त आइपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि र अधिकत्तम ३ हजार कित्ता अर्थात तीन लाख रुपैयाँसम्मको आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले कालिका पावर कम्पनी आयोजना स्थल चनौटे गोरखा, साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा शाखा, आरुघाट शाखा, घ्याम्पेसाल शाखा, पालुङटार र छेवेटार शाखाबाट सेयर भर्न सक्नेछन् । कम्पनीको आयोजना स्थल र साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा जिल्लाका शाखाहरुबाट मात्र सेयर भर्न मिल्नेछ । यसमा आस्वाबाट सेयर भर्ने व्यवस्था गरिएको छैन ।

६० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कालिका पावरले पहिलो चरणमा आयोजना प्रभावित बासीन्दालाई ६ करोडको साधारण सेयर जारी पश्चात दोस्रो चरणमा सर्वसधारण र कर्मचारीलाई गरी १२ करोडको १२ लाख कित्ता आईपीओ जारी गर्नेछ ।

कम्पनीको आईपिओले इक्रा नेपालबाट ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको समग्र अवस्थालाई हेर्दा आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x