Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आरम्भ माइक्रोफाइनान्सको प्राथमिक शेयर फागुन १५ गतेबाट

आरम्भ माइक्रोफाइनान्सको प्राथमिक शेयर फागुन १५ गतेबाट

काठमाडौं, ८ फागुन । आरम्भ माइक्रोफाइनान्सले २ लाख ९४ हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले फागुन १५ गतेबाट प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ ।

माइक्रोफाइनान्सको उक्त प्राथमिक शेयर छिटोमा फागुन २१ गते र ढिलोमा फागुन २९ गते बिक्री बन्द हुने भएको छ । माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २ करोड २९ लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्नेछ । जसमध्ये ३ प्रतिशत वा ८ हजार ८२० कित्ता कर्मचारीहरुको लागि छुट्टाएको छ भने ५ प्रतिशत वा १४ हजार सात सय कित्ता शेयर संचालनमा रहेको सामुहिक लगानीकोष प्रवर्धकहरुका लागि छुट्टाइएको छ । यस्तै बाँकी रहेको २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणहरुका लागि बिक्री गरिने माइक्रोफाइनान्सले जनाएको छ ।

यस माइक्रोफाइनान्सको प्राथमिक शेयरको आवेदन न्युनतम ५० कित्ता र अधिकत्तम एक हजार कित्तासम्म दिने पाउने व्यवस्था गरिएको छ । माइक्रोफाइनान्सको प्राथमिक शेयर निष्कासनको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । यस प्राथमिक शेयरको आवेदन आस्वा प्रणालीमार्फत दिन सकिने छ ।

आरम्भ माइक्रोफाइनान्सको केन्द्रिय कार्यलय काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ । माइक्रोफाइनान्सले १५ शाखाहरुमार्फत लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । यस माइक्रोफाइनान्सको चुक्ता पुँजी हाल ३ करोड ६ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्कासन पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x