Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एक सातामा सुनको मूल्य प्रतितोला ३५०० घट्यो

एक सातामा सुनको मूल्य प्रतितोला ३५०० घट्यो

काठमाडौं, ८ असोज । पछिल्ला केहि दिनयता सुनको मूल्य घट्न थालेको छ । पछिल्लो एक हप्ताको तथ्यांकलाई हेर्दा तेजावि सुनको मूल्य ३ हजार ५०० रुपैयाँले कमी आएको छ । गत १ गते प्रतितोला ९६ हजार ६०० रुपैयाँमा खरिद विक्री भएको तेजावि सुन आज प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजोको तुलनामा भने १ हजार २०० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ९४ हजार ३०० रुपैयाँमा छापावाला सुन खरिद विक्री भएको थियो ।

त्यस्तै छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य ७० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार १२० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x