मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि

काठमाडौं, ११ असोज । मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालयबाट सहजै पैसा पठाउँन सक्ने छन् ।

मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा गई लगइन गरी मोवाइल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सकिने मुक्तिनाथ बैंकले जनाएको छ ।

साथै मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेका मुक्तिनाथ रेमिटका ४ हजारभन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिनेछ व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *