Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हकप्रद पछि मञ्जुश्री फाइनान्सको मुल्य समायोजन

हकप्रद पछि मञ्जुश्री फाइनान्सको मुल्य समायोजन

काठमाडौं, ९ फागुन । नेपाल स्टक एक्सचेन्जले मञ्जुश्री फाइनान्सको शेयर मुल्य समायोजन गरेको छ । मञ्चुश्री फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने भएकाले नेप्सेले मुल्य समायोजन गरेको हो । नेप्सेले फाइनान्सको शेयर १४० रुपैयाँमा मुल्य समायोजन गरेको छ । यस्तै नेप्सेका अनुसार फाइनान्सको शेयर आधार मुल्य १५० रुपैयाँ रहेको छ ।

मञ्जुश्री फाइनान्सले १०० बराबर ५ कित्ता अर्थात ५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नै भएको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । फाइनान्सले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एस क्यापिटललाई नियुक्त गरेको छ । एस क्यापिटल अहिले एनआईबिएल एस क्यापिट भएको छ ।

फाइनान्सको ५ प्रतिशत हकप्रद शेयर पछि चुक्ता पुँजी ७६ करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x