Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको मूल्य फेरी बढ्यो

सुनको मूल्य फेरी बढ्यो

काठमाडौं, १३ असोज । स्थानीय बजारमा सुनको मूल्य फेरी बढ्न थालेको छ । केही समययता लगातार घटेको सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २०० रुपैयाँ तोहिएको छ । हिजो प्रतितोला ९३ हजार ३०० रुपैयाँमा छापावाला सुन खरिद विक्री भएको थियो ।

त्यस्तै आज तेजावि सुनको मूल्य ९३ हजार ७०० रपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ वृद्धि भएको छ । हिजो प्रतितोला एक हजार १५० रुपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिद विक्री भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x