अशोक लेलैन्ड र एनएमबि बैंकबीच सहुलियतपूर्ण कर्जा तथा ब्याज अनुदानसम्बन्धी सम्झौता
काठमाडौं, १४ असोज । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंकबीच सहुलियतपूर्ण कर्जा तथा ब्याज अनुदान सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । मंगलवार उक्त सम्झौतामा बैंकको तर्फबाट चीफ बिजनेश अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिह पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौतापत्रमा हस्ताक्षर भएको छ । यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका ‘डस्ट मोडल’ का सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिनाधितो कम्तिमा खरिद मूल्यको ६० प्रतिशत सम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।
यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।
यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कंपनीबिच संयुक्त रुममा ‘ब्राण्ड अवेयरनेश’का लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने पनि सम्झौता ज्ञापनपत्रमा उल्लेख छ ।