Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

५ ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि

५ ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि

काठमाडौं, २० असोज । साताको तेस्रो कारोबार दिन मंगलवार (आज) पाँच ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । ङादी ग्रुप पावर कम्पनी, दिब्यश्वरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, माउण्टेन हाइड्रो नेपाल र नेपाल फाइनान्सको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो ।

पाँच ओटा कम्पनीमध्ये चार ओटा जलविद्युत् कम्पनी रहेका छन् भने एक वित्त कम्पनी रहेको छ ।

आज अधिकाशं जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै यसको परिसूचक ५ दशमलव १२ प्रतिशत वृद्धि भएको छ ।

पछिल्लो समयमा लगानीकर्ताको रोजाइमा जलविद्युत् कम्पनीको शेयरमा परेको छ । केही समय अगाडि अंकित मूल्यभन्दा तल रहेको ती कम्पनीका शेयर मूल्य अहिले बढे्र माथि पुगिसकेको छ ।

आज नेप्से परिसूचक ४.१७ अंक वृद्धि भई १५८६.२९ विन्दुमारोकिएको छ । १९५ कम्पनीको ९९ लाख ४९ हजार ३१७ कित्ता शेयर २ अर्ब ५१ करोड रुपैयाँमा खरिद विक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x