Date

बुध, कार्तिक २८, २०८१
Wed, November 13, 2024

चाडपर्व लक्षित अफरले अटोबजार उकासिने आशामा व्यवसायी

चाडपर्व लक्षित अफरले अटोबजार उकासिने आशामा व्यवसायी

काठमाडौं, २६ असोज । कोरोना महामारीका कारण सबैजसो क्षेत्रजस्तै अटोमोबाइल बजार पनि प्रभावित भइरहँदा पछिल्लो समय भने व्यवसायीलाई आशा जगाएको छ । अहिले दुईपांग्रे र चारपांग्रे सवारीसाधन विक्रेता अधिकांश कम्पनीले चाडपर्व लक्षित योजना ल्याएका छन् । उपभोक्ता लक्षित यस्ता अफर र स्किम ल्याएपछि अटोबजारमा चहलपहल बढ्न थालेको छ । यसबाट विस्तारै व्यवसायले समेत लय थालेको व्यवसायीले बताएका छन् ।
नाडा एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले पछिल्लो समय अटोमोबाइल बजारले आशा बढाएको बताए । यस्तै चाडपर्व लक्षित अफरले दुईपांग्रे सवारीसाधनको व्यवसाय सामान्य बनाउन टेवा पुग्ने नेपालका लागि हिरो मोटर्सको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योतिको भनाइ छ ।
यसअघिका वर्षहरूमा नाडा अटो शो हुने गरेकोमा यसपटक कोरोना महामारीका कारण आयोजना हुन सकेन । उक्त मेलामा विभिन्न अफरसहित उल्लेख्य व्यवसाय गर्ने अटो कम्पनीहरूले यस वर्ष खस्किएको व्यापार उकास्न पनि दशैं तिहार लक्षित अफर ल्याएका हुन्, जसअन्तर्गत चारपांग्रे सवारीसाधनमा सुजुकी, हुन्डाई, टाटा, ड्याट्सन, निसान, महिन्द्रा, फोर्ड लगायत कम्पनी र दुईपांग्रे सवारीसाधनमा बजाज, सुजुकी, हिरो, टीभीएस, यामाहा, होन्डा लगायत कम्पनीले विभिन्न डिस्काउन्टसहित अफर घोषणा गरेका छन्, जुन यस प्रकार छ ः
चारपांग्रे सवारीसाधन
टाटा: चारपांग्रे सवारीसाधन अन्तर्गत नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ ‘टाटा मोटर्स दशैं’ अफर ल्याएको छ । यस अन्तर्गत टाटा प्यासेन्जर गाडी किन्दा रू. ४ लाख सम्मको नगद छुट, एक वर्षको सवारी कर निःशुल्क, गाडीको मूल्यांकनमा उपहार, एक्सचेन्जमा ५० हजारसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने बताइएको छ ।
सुजुकी : यस्तै नेपालका लागि सुजुकी कारको आधिकारिक वितरण सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । यो अफर अन्तर्गत रू. ३ लाख ५० हजारसम्म छुट, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षका सवारी बीमा र गाडीका एसेसोरिजहरू निःशुल्क रहेको कम्पनीले बताएको छ ।
हुन्डाई : हुन्डाई नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यसपालिको दशैंतिहार वेलकम टु हुन्डाई परिवार’ योजना सार्वजनिक गरेको छ । यसबाट ग्राहकले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत थप एक लाख सम्मको नगद छुट पाउन सक्ने कम्पनीले बताएको छ । बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा १ थान र हुन्डाई ग्रान्ड आइटेन एनआईओस १ थान जित्न सक्ने उल्लेख छ ।
फोर्स : यसैगरी फोर्स मोटर्स कम्पनीले ‘फोर्स दशैं आशिर्वाद’ अफर ल्याएको छ । यसबाट ग्राहकले गाडी खरिद गर्दा यीमध्ये आफ्नो रोजाइको एक अफर रोज्न सक्नेछन् । पहिलो अफर अन्तर्गत फोर्स क्रुजर गाडी किन्ने ग्राहकले ९ महिनासम्म व्याज तथा किस्ता तिर्नुपर्ने छैन भने दोस्रो अफरमा ग्राहकले स्त्र्mयाच कुपनमार्फत रू. २ लाखदेखि १० लाखसम्म पक्का नगद कुपन पाउने कम्पनीले बताएको छ ।
निसान : निसान गाडीको आधिकारिक विक्रेता तथा बजार व्यवस्थापन पायोनियर मोटोकर्पले चाडपर्वका अवसरमा ‘निसान धमाकेदार दशैं, तिहार तथा छठ अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्नेछन् । साथै कम्पनीले ९ महिनासम्मको ईएमआई तिरिदिनेछ । साथै, अफर नलिएको खण्डमा बढीमा ग्राकहले २० लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।
फोर्ड : नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले फोर्डका कारहरू फिगो, एस्पाएर, फ्रिस्टाइल र इकोस्पोर्टको भेरियन्टमा किन्ने ग्राहकलक्षित आकर्षक योजना ल्याएको हो । यो वर्षको फोर्ड फेस्टिभ अफरअनुसार उपलब्ध तीन अफरमध्ये एउटा छनोट गर्न सक्नेछन्, जसमा नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बिमाजस्ता नियमित लाभ लिन सक्नेछन् ।
स्याङयोङ : यस्तै स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता आइएमएस मोटर्सले ‘स्याङयोङ सुपर डिस्काउन्ट’ अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकहरूले यस अफर अन्र्तगत कोरियन लक्जरी एसयूभी एक्सएलभीमा ३ लाख छुट प्राप्त गर्न सक्नेछन्

दुईपांग्रे सवारीसाधन
हिरो : नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता एनजीएम मोटर्सले ‘दशैंको पर्व हिरोत्सवको हर्ष’ अफर ल्याएको छ । यसअन्तर्गत स्कुटर र मोटरसाइकलको खरिदमा १ लाख रुपैयाँसम्म बम्पर अफर, ५ हजार रुपैयाँ पक्का छुट र स्क्य्राच कार्डमार्फत १ लाख रुपैयाँसम्म क्यासब्याक अफर रहेको छ ।
होन्डा : यसैगरी नेपालका लागि होन्डाको आधिकारिक विक्रेता ज्योति समुह अन्तर्गतको स्याकार ट्रेडर्सले ‘हर १ नेपालीलाई १ रुपैयाँमा होन्डा’ अफर सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत १ रुपैयाँ डाउनपेमेन्ट वा १ रुपैयाँ ईएमआई वा १ प्रतिशतमा मोटरसाइकल तथा स्कुटर किन्न सकिनेछ ।
बजाज : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्दले ‘रोजेरै खुसी’ अफर सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत ग्राहकले विभिन्न ३ ओटा अफर छानेर मोटरसाइकल किन्न पाउनेछन् । पहिलो अफर अन्तर्गत कम्पनीको मोटरसाइकलमा १० हजार रुपैयाँसम्म छुट, दोस्रो अफर अन्तर्गत ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई भर्न पाइने र तेस्रो अफरमार्फत २० प्रतिशत डाउनपेमेन्टमै मोटरसाइकल किन्न सकिने कम्पनीले बताएको छ ।
जिपीएक्स : यस्तै जिपीएक्स मोटर्स कम्पनीले ‘फेस्टिभल धमाका २०२०’ ल्याएको छ । यो अफर अन्तर्गत तत्काल ५० हजार रुपैयाँसम्म छुट पाउन सकिने सुविधा सार्वजनिक गरेको छ । यस्तै कम्पनीले आफ्ना पुराना मोटरसाइकल ल्याएर नयाँ लैजान पाउने सुविधासमेत ल्याएको छ ।
टीभीएस : नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘दशैं धमाका’ अफर सार्वजनिक गरेको छ, जसअन्तर्गत ईकमर्श कम्पनी दराजमार्फत उक्त कम्पनीको बाइक किनन पहिलो २० ग्राहकले रू. ५ हजार ५०० बराबरको छुट भौचर पाउनेछन् । यस्तै दराजले पनि कम्पनीका मोटरसाइकल तथा स्कुटरमा १ देखि ३ प्रतिशतसम्म नगदमा छुट दिने उल्लेख छ ।
यामाहा : साथै नेपालका लागि यामाहा मोटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘कार्बोरेटर छोडौं एफआई चढौं’ अफर ल्याएको छ । यसअफरअन्तर्गत एक्सचेन्ज एण्ड अपग्रेड वा स्योर सट नगद ८ हजारसम्म छुट वा सहज कर्जाको सुविधा रहेको कम्पनीले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x