Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार पल मिलग्रोम र रोबर्ट विल्सनलाई

अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार पल मिलग्रोम र रोबर्ट विल्सनलाई


स्टकहोम, २६ असोज । अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्री पल मिलग्रोम र रोबर्ट विल्सनलाई संयुक्त रूपमा प्रदान गरिएको छ । लिलामी सिद्धान्त र नयाँ लिलामी ढाँचाको विकासमा सुधारमा उनीहरूको योगदानको कदर गर्दै उक्त पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले सोमवार जानकारी दिएको हो ।
अर्थशास्त्री मिलग्रोम र विल्सनले लिलामी सम्बन्धी आधारभूत सिद्धान्तबाट थालनी गरेर पछि परिणामलाई व्यवहारमा प्रयोग गरेका थिए । उनीहरूको योगदान समाजका लागि निकै महत्वपूर्ण रहेको स्वीडिस एकेडेमी अफ साइन्सले उल्लेख गरेको छ। एजेन्सी

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x