Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

औसत ६५ प्रतिशत क्षमतामा हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालन

औसत ६५ प्रतिशत क्षमतामा हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालन

हेटौंडा, २९ असोज । कोरोना महामारी र लकडाउनका कारण बन्द हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा आएका छन् । उक्त औद्योगिक क्षेत्रमा १११ वटा उद्योग रहेकोमा सबै उद्योग सुचारु भएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले बताएको छ ।
उक्त औद्योगिक क्षेत्रका उद्योगहरू औसत ६५ प्रतिशत क्षमतामा सञ्चालनमा आएका हुन्, जसमध्ये अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत र अन्य उद्योगहरू ५० प्रीतशत क्षमतामा सञ्चालित रहेको बताइएको छ । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण अत्यावश्यक बाहेकका अन्य उद्योगहरू लामो समयसम्म बन्द थिए । यसअघि बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएकोमा अहिले ती उद्योग सञ्चालनमा आएको तर पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब साढे १० हजार जनाले रोजगारी पाएका छन् । २०२० मंसिर २० गते स्थापित उक्त औद्योगिक क्षेत्रमा अहिले विभिन्न नयाँ उद्योग स्थापना गर्न करिब एक हजार ८८५ रोपनी जग्गाको छुट्टै व्यवस्थापन गरिएको छ । औद्योगिक क्षेत्रमा निजीक्षेत्रको करिब ५ अर्ब ५० करोड र सरकारी लगानी ९० करोड रुपैयाँ रहेको कार्यालयले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x