Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दशैं शुरू भइसक्दा समेत यात्रु नभएपछि बसपार्क सुनसान

दशैं शुरू भइसक्दा समेत यात्रु नभएपछि बसपार्क सुनसान

काठमाडौं, २ कात्तिक । शनिवार घटस्थापना भएसँगै दशैं शुरू भइसकेको छ । तर दशैंमा घर फर्किने यात्रु नै नभएपछि काठमाडौंका मुख्य बसपार्क सुनसानप्रायः बनेका छन् । विगतका वर्षमा यतिबेला घर फर्किने यात्रुको थामिनसक्नु भीडभाड हुने बसपार्क कोभिड महामारीका कारण यात्रुको चहलपहल नहुँदा सुनसान देखिएका हुन् ।
दशैंको समयमा देशकै मुख्य गोंगबुस्थित नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा यात्रुहरू नगन्य छन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले कोभिड–१९ लाई ध्यानमा राख्दै नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत टिकट बुकिङ खुला गरे पनि यात्रु नै नभएको बताएको छ ।
भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कोरोना संक्रमण फैलन नदिन सामाजिक दूरी कायम गरेर प्रविधिको प्रयोगमार्फत टिकट बुकिङ गर्ने व्यवस्था गरे पनि यस वर्ष घर जाने यात्रुमा उत्साह नभएको कम्पनीका मानव संसाधन प्रमुख पंकज मल्लको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ । विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक १ हजार सार्वजनिक सवारीसाधन नयाँ बसपार्कबाट बाहिरिने गरे पनि अहिले २०० को हाराहारीमा बाहिरिने गरेको कम्पनीले बताएको छ ।
राससका अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अधिकांश यात्रु लकडाउन अगाडि नै घर गएकाले दशैँको समयमा बसपार्क क्षेत्रमा यात्रुको चहलपहल कम भएको बताएका छन् । विगतका वर्षहरूमा घटस्थापनादेखि फूलपातीको दिनसम्म दैनिक सरदर ८० हजारदेखि एक लाख यात्रु उपत्यका बाहिरिने गरे पनि यस वर्ष भने दैनिक १० देखि २० हजार यात्रुमात्र बाहिरिएको महाशाखाले बताएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले अधिकांश यात्रु साना सवारी साधन रिजर्भ गरेर गन्तव्यस्थलसम्म गएकाले पनि बसपार्कमा यात्रुको चहलपहल नभएको बताएका छन् । सरकारी तथ्यांकअनुसार लकडाउन पहिले नै करिब ७ लाख यात्रुले उपत्यका छोडिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x