Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सन्राइज बैंकको ५१ औं शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीमा तिलोत्तमा–६ मा

सन्राइज बैंकको ५१ औं शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीमा तिलोत्तमा–६ मा

काठमाडौं, ६ कात्तिक । सन्राइज बैंक लिमिटेडले रुपन्देहीको, गणेशपुर–६ मा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन् तिलोत्तमा–६ का वडा सदस्य संगिता गुरुङ्ग मणिग्राम शाखाका शाखा प्रवन्धक अरुण पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।

उक्त शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको छ । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएका ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने छन् ।

हाल बैंकले १३५ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x