Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एनएलजी इन्स्योरेन्सद्वारा ७ प्रतिशत बोनस शेयर बाँड्ने प्रस्ताव

एनएलजी इन्स्योरेन्सद्वारा ७ प्रतिशत बोनस शेयर बाँड्ने प्रस्ताव

काठमाडौं, ६ कात्तिक । एनएलजी इन्स्योरेन्स कम्पनीले १४ औं वार्षिक साधारणसभा मंसिर ५ गते गर्ने भएको छ । उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट ७ प्रतिशतले बोनस शेयर बाँड्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सभाले आर्थिक वर्ष ७६र७७ को वार्षिक प्रतिवेदन र वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्नेछ। लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, समुह ’ख’ सेयरधनी समायोजन गर्ने, सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभामा पेश हुनेछन्।

कम्पनीले साधारणसभा प्रयोजनका लागि र लाभांशको लागि कात्तिक २५ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ। कात्तिक २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने कम्पनीले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x