भारतीय सेनाध्यक्ष मुकुन्द नरवाणे काठमाडौं आइपुगे

काठमाडौं, १९ कात्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ ।

उनको आज खासै औपचारिक कार्यक्रमको कार्यतालिका नभएपनि भोलि र पर्सि उनी औपचारिक कार्यक्रममा व्यस्त हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *