Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोभिड–१९ विरुद्ध नागरिक अभियानको शुभारम्भ

कोभिड–१९ विरुद्ध नागरिक अभियानको शुभारम्भ

काठमाडौं, १९ कात्तिक । काठमाडौं उपत्यका लगायत मुलुकभर तीव्ररूपमा कोभिड–१९ महामारीको प्रकोप बढिरहेको सन्दर्भमा यसलाई न्यूनीकरण गर्नका लागि जनसमुदायमा सुरक्षाका मापदण्ड पालना गर्न प्रेरित गर्ने उद्देश्यले सञ्चालित कोभिड–१९ विरुद्ध नागरिक अभियानको बुधवार आयोजित एक कार्यक्रममा विच शुभारम्भ गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै नागार्जुन नगरपालिका नगरप्रमुख मोहनबहादुर बस्नेतले सरकारले महामारीलाई गम्भीरतापूर्वक लिएको भन्दै स्थानीय स्रोत साधनले भ्याएसम्म जनतालाई अधिकतम सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै यसमा पेशागत संघसंगठनको साथ, सहयोग र प्रयासको सराहना गर्दै यसमा सहकार्यका लागि सदैव तयार रहेको बताए ।
राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले विश्वव्यापी महामारीबाट मुलुकले व्यहोरिरहको अकल्पनीय परिस्थितिबाट निजी क्षेत्र अत्यन्त गम्भीर भएको र रोकथामका लागि सक्रिय योगदान पु¥याइरहेको भन्दै सबै पक्ष उत्तिकै जिम्मेवार एवं संवेदनशील भई अघि बढ्नुपर्नेमा जोड दिए । निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णपालना गरी व्यावसायिक क्रियाकलाप अगाडि बढाउन सम्पूर्ण व्यावसायिक क्षेत्रलाई आग्रह गर्दै उनले आम सर्वसाधारणलाई समेत यसको पुर्ण पालनामा ध्यान दिन आग्रह गरे ।
यसै गरी पिपुल्स हेल्थ मुभमेन्ट नेपालका संयोजक प्रा.डा. शरद वन्तले मुलुकमा थप भयावह अवस्था आउन नदिन सरोकारवाला सबैको सहयोग र सहकार्यको अपरिहार्यतामा जोड दिँदै आम नागरिक समेत सुसूचित हुन अनुरोध गरे । नेपाल जनस्वास्थ्य संघका अध्यक्ष श्रीकृष्ण भट्टले जनसाधारणलाई कोभिड १९ रोकथामका लागि सुरक्षा मापदण्डलाई दिगो र प्रभावकारी रुपमा लागू गर्न यस किसिमको महत्वपूर्ण कार्यको थालनी गरिएको बताए ।
स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरु परिचालन गरी उपत्यकाका प्रमुख व्यापारिक केन्द्रहरू तथा प्रमुख बजार र क्रमशः यातायात क्षेत्र र अन्य व्यस्त कार्यालयहरूमा चरणबद्ध रूपमा संचालन गरिने यस अभियान राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को सहकार्यमा नेपाल जनस्वास्थ्य संघ, नेपाल चिकित्सक संघ तथा पिपुल्स हेल्थ मुभमेन्ट नेपालको समन्वयमा सञ्चालन गर्न लागिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x