Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सन्राइज बैंकको नयाँ शाखा एवं सेवा विस्तार

सन्राइज बैंकको नयाँ शाखा एवं सेवा विस्तार

काठमाडौं, २८ कात्तिक । सन्राइज बैंकले बाग्लुङ्गमा १३९औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा शाखा खोलेको हो । साथै, बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा बैजनाथ वडा नं ७ का कार्यकारी वडा अध्यक्ष श्री गोपाल थारुको उपस्थिति रहेको थियो । बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द्रकुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी संचालनमा ल्याएको हो । उक्त सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने बैंकले बताएको छ ।
नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवाको संचालनसंगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एमहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x