कफीको न्युनतम मूल्य तोकियो
काठमाडौं, २ मंसिर । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ । उत्पादन गर्दा लाग्ने लागतमा २२.५ प्रतिशत मुनाफा निश्चित गरेर नयाँ न्यूनतम् मूल्य तोकिएको हो । नयाँ मूल्यअनुसार कृषकबाट उत्पादित ताजा फल (फ्रेश चेरी) ‘ए ग्रेड’ को प्रतिकिलो मूल्य ९० र ‘बी ग्रेड’ को ८० रुपैयाँ तोकिएको छ ।
यस्तै ‘ए ग्रेड’ पार्चमेन्ट प्रशोधित कफीको प्रतिकिलो मूल्य ४५० रुपैयाँ तोकिएको छ भने ‘बी ग्रेड’ पार्चमेन्ट कफीको प्रतिकिलो मूल्य ३९७ रुपैयाँ कायम भएको छ । बोर्डले चिसो प्रसोधन विधिबाट १२ देखि २४ घण्टाभित्र प्रसोधन गर्न नसकिएको ‘बी ग्रेड’ को कफीको मूल्य भने १४८ र ‘बी ग्रेड’ कफीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ तोकेको छ ।