Shangrila

नेपाल एसबिआई बैंकद्वारा परोपकार तथा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण प्रदान

काठमाडौं, १२ मंसिर । नेपाल एसबिआई बैंकलेले सामाजिक उत्तरदायित्वअन्तर्गत अनारमनी, विर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरपण प्रदान गरेको छ । उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ) लाई उक्त सामानहरु हस्तान्तरण गरेका हुन् ।

वि.सं. २०६७ सालदेखि सञ्चालनमा आएको संस्थाले हाल ३८ जना वद्धवृद्धाहरुलाई आश्रय दिएको छ । उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत छपिराज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाईंको समेत उपस्थिती थियो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *