शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६४ औं पटक रक्तदान

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका नेता स्व. भिम बहादुर तमाङ्गको ८ औं स्मृति दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६४ औं पटक रक्तदान गरेका छन् । नेपाल यातायात मजदुर संघको आयोजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वयमा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा कर्माचार्यले १६४ पटक रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिाए ।

कार्यक्रममा अध्यक्ष कर्माचार्यले पछिल्लो समय कोभिड–१९ को कारणले गर्दा रगत अभाव हुँदै गएको भन्दै त्यसलाई समाधानका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेका छन् । कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

नेपाली काँग्रेस दोलखा जिल्ला कार्यालयको प्राङ्गणमा आयोजित बिशेष रक्तदान कार्यक्रमको प्रमुख अतिथि दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी रहेका थिए ।

त्यस्तै उक्त कार्यक्रममा स्वयंसेवी तवरले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई १६४ औं पटक रक्तदान गरेका स्वयंसेवी शतक रक्तदाता कर्माचार्यद्वारा प्रमाण–पत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *