Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

अहिलेसम्मकै उच्च विन्दु २०२८ टेकेको बजार १९९७ मा झरेर बन्द

अहिलेसम्मकै उच्च विन्दु २०२८ टेकेको बजार १९९७ मा झरेर बन्द

काठमाडौं, १५ मंसिर । सोमबार नेप्से परिसूचक २८.७९ अंकले बढेर १९९७ विन्दुमा पुगेको छ । कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको परिसूचक अहिलेसम्मकै उच्च २०२८ विन्दुसम्म पुगेको थियो । त्यसपछि बजारमा आएको उतारचढावकाबीच परिसूचक घटेर १९९७. ०५ मा झरेको हो ।

यो अवधीमा १ सय ९८ कम्पनीको ८ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। १२ समूह मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र म्यूचुअल फन्ड समूहमा गिरावट आएको छ भने बाँकी अरु समूहको परिसूचक बृद्धि भएको छ ।

पछिल्ला दिनहरुमा कारोबार रकममा निकै बृद्धि भएको छ । कारोबारमा उत्साह आउँदा सूचकले पनि रफ्तार समाएको हो ।

सोमबार सबैभन्दा धेरै शेयर कारोबार नेपाल लाईफ इन्स्योरेन्सको भएको छ । ३८ करोड ४८ लाख रुपैयाँ बराबराको शेयर कारोबार भएको छ । पुनर्बीमा कम्पनीको पनि ३७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ।

त्यस्तै सबैभन्दा धेरै कमाउने भने कम्पनीहरुको अग्रसूचिमा युनाईटेड मोदी र माथिल्लो तामाकोशी जलविद्युत आयोजना रहेको छ । युनाइटेडको १६ अंक र माथिल्लो तामाकोशीको २९ अंकले शेयर मूल्य बढेको छ। गुमाउनेहरुमा विशाल बजार कम्पनी र बोटर्ल नेपाल (तराई) लिमिटेड रहेको छ । विशाल बजारको ३ सय ६० र ५ सय ३४ अंकले मूल्य घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x