सेयर बजार १८ अंकले घटेर १३४५.९९ बिन्दुमा

काठमाडौं । बुद्यबार सेयर बजारमा पुन दोहोरो अंकले गिरावट आएको छ । आज बजार १८.८२ अंकले घटेर १३४५.९९ विन्दुमा झरेको छ ।
सो दिन कारोबारमा आएका मध्ये सबै समूहको परिसूचक ओरालो लागेपछि समग्रमा बजार घटेको हो । सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक एक सय ५१ अंकले घटेको छ भने सबैभन्दा कम ४ अंकले उत्पादन तथा प्रशोधन समूह तल झरेको छ ।

सो दिन १ सय ६० कम्पनीको ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।जसमा प्रभु बैंक लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । पछिल्ला केही दिनयता निरन्तर घटेको बजार मंगलबार ५.८६ अंकले बढेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *