Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

नबिल बैंकले कोरोना प्रभावित लघु, साना तथा मझौला उद्यमीहरूलाई विना धितो कर्जा लगानी गर्ने

नबिल बैंकले कोरोना प्रभावित लघु, साना तथा मझौला उद्यमीहरूलाई विना धितो कर्जा लगानी गर्ने

काठमाडौं, १९ मंसिर । नबिल बैंक र वान टु वाचले संयुक्तरुपमा लघु, साना तथा मझौला उद्यमीहरूलाई सहयोग गर्ने भएका छन् । बैंक र वान टु वाच “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत लघु, साना तथा मझौला उद्यमहरुलाई ब्याजमुक्त र धितो रहित कर्जा प्रदान गर्ने सम्झौता गरेका हुन ।

यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोविड १९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितो रहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले व्यवसायलाई निरन्तरता दिन मद्दत पुग्ने विश्वास लिइएको छ । यी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् । पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको लागि बैंकबाट धितो रहित कर्जा प्राप्त गर्ने र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्ने जनाइएको छ।

कार्यक्रममा नबिल बैंकका सीईओ अनिल केशरी शाहले बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक बृद्धिका लागि मद्दत गर्न सदैब तयार रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *