Shangrila

परिसूचक घटेसँगै कारोबार पनि कमि

काठमाडौं, २४ मंसिर । शेयर बजारसूचक नेप्से बुधबार पनि घटेको छ । कारोबारको सुरुदेखि नै ओरालो लागेको नेप्से ४३.०२ अंकले घटेर १ हजार ९ सय ५२ बिन्दुमा आएको छ ।

बुधबार जलविद्युत्को समूहगत परिसूचक मात्रै बढेको छ । जलविद्युतको पनि ०.८२ अंकले मात्र बढेको छ ।

यस दिन २ सय १ कम्पनीको ४ अर्ब ५८ करोड रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमाको ४२ करोड र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको २५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

यस्तै नारायणी विकास बैंक र सान्जेन जलविद्युत कम्पनीका लागनीकर्ताहरुले धेरै कमाएका छन् । यी दुई कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत बढीको बृद्धि छ ।

परिसूचकसँगै बुधबार कारोबार रकममा केही कमि आएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *