Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

साधना लघुवित्तले गर्‍यो २० प्रतिशत लाभांश घोषणा

साधना लघुवित्तले गर्‍यो २० प्रतिशत लाभांश घोषणा

काठमाडौं, २८ मंसिर । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपपछि शेयरधनीलाई वितरण गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x