Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

ग्लोबल आइएमई बैंकको थप दुई शाखा रहित बैंकिङ सेवा संचालनमा

ग्लोबल आइएमई बैंकको थप दुई शाखा रहित बैंकिङ सेवा संचालनमा

काठमाडौं, २० फागुन । ग्लोबल आइएमई बैंकले मोरङ र सप्तरीमा दुई स्थानमा शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले मोरङको पथरी शनिश्चरे नरपालिका कुशल चोकमा आफ्नो ७३ औँ र सप्तरीको शम्भुनाथ नगरपालिका कठौना बजारमा ७४ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

मोरङ्ग जिल्लाको कुशल चोकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको पथरी शनिश्चरे नरपालिकाका उपमेयर यमुना बिष्ट तथा ग्लोबल आइएमई बैंक लिमिटेडका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा समुद्घाटन गरे । उक्त सेवाको लागि स्थानिय सोमनाथ आचार्यलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी सोहि मितिमाा सप्तरी जिल्लाको कठौनामा खोलिएको सेवाको शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्रप्रसाद चौधरी तथा ग्लोबल आइएमई बैंक लिमिटेडका रेमिट्यान्स प्रमुख रविन्द्र ढकाल ज्यूले संयुक्त रुपमा समुद्घाटन गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x