Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

५० प्रतिशत लाभांश प्रस्तावसहित नेप्सेको वार्षिक साधारणसभा पुस २९ मा

५० प्रतिशत लाभांश प्रस्तावसहित नेप्सेको वार्षिक साधारणसभा पुस २९ मा

काठमाडौं, ८ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते ३९ औं वार्षिक साधारण सभा बोलाएको छ । नेप्सेको कार्यालय यूएनआई शान्तिमार्ग, काठमाडौंमा विहान ११ बजे सभा आयोजना गरिएको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्दै २० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।

नेप्सेको ५० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । सभाले नेप्सको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि पुस १८ गते एक दिन बुक क्लोज गर्ने नेप्सेजे जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x