Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

संयमतापूर्वक निर्णय लिन निजीक्षेत्रका ठूला संगठनको आग्रह

संयमतापूर्वक निर्णय लिन निजीक्षेत्रका ठूला संगठनको आग्रह

काठमाडौं, ८ पुस । निजी क्षेत्रले राजनीतिक दलमा देखिएको विवादले मुलुकको व्यावसायिक वातावरण खलबलिन सक्ने भन्दै संयमतापूर्वक निर्णय लिन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले बुधवार संयुक्त अपिल जारी गर्दै मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो राख्दै पछिल्ला घटनाक्रमले थप जटिलता उत्पन्न गर्नेमा आशंका व्यक्त गरेका छन् ।
‘‘राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न हुंदैन’ संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘विश्वव्याधी कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित छ ।’
निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै ती संस्थाले विश्वव्यापी महामारी कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परिरहेको अवस्थामा पछिल्लो राजनीतिक समस्याबाट उत्पन्न हुने अस्थिरताको परिणाम थप गम्भीर हुनेमा चिन्ता व्यक्त गरेका छन् ।
राजनीति स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, नयाँ लगानी आकर्षित भई अर्थतन्त्रले गति लिनसक्ने यथार्थलाई भुल्न नहुने भन्दै उनीहरुले सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x