Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल र अमेरिकाबीच आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउने राजदूत खतिवडाको प्रतिबद्धता

नेपाल र अमेरिकाबीच आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउने राजदूत खतिवडाको प्रतिबद्धता

काठमाडौं, १२ पुस । अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. युवराज खतिवडाले नेपाल र अमेरिकाबीच आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउने बताएका छन् । आइतवार नेपाल उद्योग परिसंघसँगको भेटमा उनले मुलुकको हितका लागि आफ्नो सकारात्मक पहल हुने बताए ।
साथै आफ्नो कार्यकालमा अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने विषय मुख्य प्राथमिकता रहने समेत उनले बताए । अमेरिकाले केही वस्तुहरुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने तथा अमेरिका स्थित बहुराष्ट्रिय वित्तीय संस्थाहरु विश्व बैँक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भिœयाउने कामलाई आफूले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
सो अवसरमा नेपाल उद्योग परिसंघले राजदूत खतिवडासँगको अन्तक्र्रियामा नेपाल उद्योग परिसंघले संयुक्तराज्य अमेरिका र नेपालबीचको आर्थिक साझेदारी बढाउन तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भूमिका निर्वाह गर्न राजदूत खतिवडासँग आग्रह गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल उद्योग परिसंघले आर्थिक कुटनीतिलाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै राजदूत खतिवडाको कार्यकालमा समेत नेपालको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धन गर्न अमेरिकी पूँजी तथा प्रविधि भित्र्याउन ठूलो सहयोग पुग्ने विश्वास परिसंघले लिएको बताए ।
परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले प्रविधिका क्षेत्रमा अमेरिकी लगानी भिœयाउने, तयारी पोशाकको अमेरिकी बजार पहुँचका लागि थप प्रयास गर्ने, अमेरिका अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई नेपालमै अवसर देखाउनेतर्फ राजदूत खतिवडाको सक्रिय भूमिकाको अपेक्षा गरिएको बताए । परिसंघका उपाध्यक्ष अनुज अग्रवालले वातावरण संरक्षणमा अमेरिकी लगानी बढ्ने देखिएकाले त्यसलाई नेपालले पनि प्राप्त गर्न अहिलेदेखि प्रयास गर्नुपर्नेमा ध्यान पु¥याउन राजदूत खतिवडालाई आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x