वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन नेप्सेको निर्देशन
काठमाडौं, २१ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संस्थाहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउँन निर्देशन दिएको हो ।
जसका लागि नेप्सेले तोकेको ढाँचामा फारमभरी, कम्पनीको क्रेडिट रेटिङ गराएको मिति र अवधि उल्लेखगरी आगामी माघ १५ गतेभित्र बुझाउन निर्देशन दिएको छ ।
नेप्सेले सूचीकृत कम्पनीहरुलाई ग्रुप ‘एु’ ‘बि’ ‘जि’ र ‘जेड’ गरी चार समूहमा वर्गिकरण गर्ने गरेको छ । धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गर्नुपर्ने व्यवस्था छ।