Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

माछापुच्छ्रे बैंक र रसिप्रदी ट्रेडिङ्गबीच सहुलियतदरमा कर्जा उपलब्ध गराउँने सम्झौता

माछापुच्छ्रे बैंक र रसिप्रदी ट्रेडिङ्गबीच सहुलियतदरमा कर्जा उपलब्ध गराउँने सम्झौता

काठमाडौं, २४ पुस । माछापुच्छ्रे बैंकका ग्राहकहरुले रसिप्रदी ट्रेडिङ्ग प्रा.लि.बाट टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियलका सवारी खरिद गर्दा सहुलियत पाउँने भएका छन् । उक्त सम्झौतापत्रमा रसिप्रदी ट्रेडिङ्गका अध्यक्ष राजनबाबु श्रेष्ठ र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरुमार्फत् सिप्रदी ट्रेडिङ्गका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

हाल बैंकले १६० वटा शाखा कार्यालय १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी ३१३ स्थानमा रहेका सेवा सञ्जाल र १९९ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x