साना किसान लघुवित्तको १९ औं साधारण सभा सम्पन्न, २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित
काठमाडौं, २८ पुस । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयर लगानीकर्तालाई २६.३१ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको आज सम्पन्न १९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
यस्तै साधारण सभाले संस्थाको १३ औँ वार्षिक साधारण सभाबाट स्वीकृत भई हकप्रद शेयर निष्काशन गर्दा बिक्री नभई बाँकी रहेको ३ हजार ३ सय ६८ कित्ता प्रवर्धक शेयर र ९ हजार ७४ कित्ता सर्वसाधारण शेयर गरि कुल १२ हजार ४ सय ४२ कित्ता शेयरलाई लिलाम बिक्री गर्ने निर्णय पनि गरेको छ ।
वित्तीय संस्थाले गत आर्थिक वर्ष ९९ हजार ४१ थप विपन्न तथा साना किसान परिवारमा सेवा विस्तार गरी कुल ८ लाख २७ हजार ९ सय ३४ परिवारलाई लघुवित्त सेवा दिएको छ। संस्थामा कुल १ हजार १ सय ४६ सहकारीहरु आवद्ध छन् । यस्तै सो अवधीमा २१ अर्व ३७ करोड २३ लाख रुपैयाँ आफ्ना सदस्यहरुमा लगानी गरेको छ भने १७ अर्व ३२ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।