Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचक २३ सय १५ विन्दुमा

नेप्से परिसूचक २३ सय १५ विन्दुमा

काठमाडौं, ४ माघ । आइतबार (आज) शेयर बजार परिसूचक नेप्से २८.४६ अंकले बढेर २३ सय १५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि १.८८ प्रतिशत अर्थात ८.१७ अंक बढेर ४४३.४२ विन्दुमा पुगेको छ ।

यो हालसम्मकै उच्च विन्दु हो ।

आज कारोबारमा आएका १२ समूह मध्ये हाइड्रोपावर बाहेक अरु सबै समूह बढेको छ । हाइड्रोपावर समूहमा पनि ०.४ प्रतिशतको मात्र गिरावट छ ।

परिसूचक बढेको दिन आइतबार २ सय ८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसमा नेपाल टेलिकमको ५८ करोड १० लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

त्यस्तै आज सबैभन्दा धेरै कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशन छ भने सबैभन्दा धेरै गुमाउनेमा युनाइटेड फाइनान्स रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x