सातौं महिला उद्यमी सम्मेलन सम्पन्न

काठमाडौं, ५ माघ । नेपाल युवा उद्यमी मञ्चद्वारा सातौं महिला उद्यमी सम्मेलन–२०२१ सम्पन्न भएको छ । यो वर्ष १ सय ५० भन्दा बढिको सहभागिता रहेको थियो ।

यस वर्ष पनि विश्वव्यापी महामारीका कारण भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो । कार्यक्रममा ‘वुमन हु इन्सपायरः इन द टाइम अफक्राइसिस, लुक्स फर अपरचुनिटीज’भन्ने नाराका साथ आयोजना गरिएको थियो ।

कार्यक्रममा उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानलमा छलफलको लागि आमोको तर्फबाट आयुषा श्रेष्ठ, बियुटी बारबाट इच्छा कार्की,वाईल्ड अर्थ नेपालको तर्फबाट क्यारोल दनहम, र लिटल ईन्जनियरको तर्फबाट राना इल केमाइटिलीरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *