Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत नि–शुल्क डिम्याट खाता खोल्न सकिने

एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत नि–शुल्क डिम्याट खाता खोल्न सकिने

काठमाडौं, ९ माघ । एनआईसी एशिया क्यापिटल लिमिटेडले तुरुन्त डिम्याट खाता नम्बर उपलब्ध गराउने उद्देश्यले ‘एन आईसी एशिया अनलाइन डिम्याट’ सेवा संचालन गरेको छ । एनआईसी एशिया क्यापिटलले विभिन्न कार्यक्रम संचालन गरी ‘एक नेपाली, एक डिम्याट’ अभियान संचालन गरिरहेको छ ।
‘एनआईसी एशिया अनलाइन डिम्याट’ सेवा सञ्चालन गरी माघ मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणलाई डिम्याट खाता निःशुल्क उपलब्ध गराइने क्यापिटलले बताएको छ । हाललाई यो सेवा काठमाण्डौ उपत्यकाभित्र मात्र उपलब्ध हुनेछ । निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत अनलाइन मार्फत डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाइने जानकारी दिइएको छ ।
अनलाइन मार्फत डिम्याट खाता खोल्न एनआईसी एशिया क्यापिटलको वेबसाइट www.nicasiacapital.com वा सोझै onlinedemat.nicasiacapital.com मा क्लिक गरी रितपुर्वक विवरण भरी उक्त विवरण सबमिट भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराइने जानकारी दिइएको छ । उक्त सुविधा आइतबार देखि बिहीबार सम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x