Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल बंगलादेश बैंकको खुद नाफा १६.५२ प्रतिशतले बढ्यो

नेपाल बंगलादेश बैंकको खुद नाफा १६.५२ प्रतिशतले बढ्यो

काठमाडौं, १३ माघ । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक अवधीमा ९४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधीको भन्दा १६.५२ प्रतिशतले बढी हो ।

बैंकको वितरणयोग्य नाफा ४६ करोड ७ लाख रुपैयाँ छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४३ करोड ८१ लाख रुपैयाँ थियो । साथै, सञ्चालन नाफा १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानीमा भने कमि आएको छ । बैंकको खुद ब्याज आम्दानी ८.०१ प्रतिशतले घटेर १ अर्ब २४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । खराब कर्जा अनुपात पनि ०.४५५ ले बढेर २.३७ प्रतिशत पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x