Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भन्सार विभागबाट दिइने सेवा प्रविधिमैत्री बनाउँदै लगिने

भन्सार विभागबाट दिइने सेवा प्रविधिमैत्री बनाउँदै लगिने

काठमाडौं, १३ माघ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेको र प्रविधिमा आधारित मुल्यांकन तथा अनुगमन प्रणाली अपनाइएको र छिट्टै डिजिटल भुक्तानीका लागि काम अघि बढेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दाहालले भन्सार विभागले दिने सेवा प्रविधिमैत्री हुँदै गएको जानकारी दिएका हुन् ।

महानिर्देशक दाहालले विभागले अघि बढाएका कामले समग्र व्यापार तथा राजस्व प्रणालीमै सुधार देखिएको पनि उल्लेख गरे । भन्सार एजेण्टको संख्या थप्न आवश्यक तयारी भइसकेको र यसलाई छिट्टै पूर्णता दिइने उनको भनाई छ । भन्सार पूर्वाधार तथा नाकाहरुमा बन्दै गरेका एकीकृत चेक पोष्टको सुधारमा सहकार्य तथा समन्वय आवश्यक रहेको भन्दै दाहालले सहकार्यका लागि परिसंघलाई आग्रह समेत गरेका छन् ।

त्यस्तै कार्यक्रममा परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले भन्सार विभागले व्यापार सहजीकरणका लागि पुर्वाधार तथा सेवामा भइरहेको सुधारको स्वागत गर्दै तत्काल ध्यान दिनुपर्ने मूल भूत विषयहरुमा ध्यानाकर्षण गराए ।

करिब २५ वर्ष यतादेखि भन्सार एजेण्ट थप नभएकाले इजाजतपत्र तत्काल खुलागरि एजेण्टको संख्या बढाउन पनि कार्यवाहक अध्यक्ष अग्रवालले आग्रह गरे । डिजिटल भन्सार प्रशासनको माग दोहोर्याउँदै अग्रवालले व्यवहारमा नै कागजातविहिन जाँचपास र डिजिटल भुक्तानीको सुविधा आवश्यक भइसकेको र भन्सार प्रशासनले विश्वसनीय उद्योगी व्यवसायीहरुलाई झन्झट बिना जाँचपासको परिपाटी अवलम्बन गर्न आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x