Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

दोस्रो त्रैमासमा एनआईसी एशिया बैंकले २ अर्ब ६ करोड नाफा कमायो

दोस्रो त्रैमासमा एनआईसी एशिया बैंकले २ अर्ब ६ करोड नाफा कमायो

काठमाडौं, १५ माघ । एनआईसी एशिया बंैकले चालू आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासमा २ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा नाफा २.२ प्रतिशतले बढी हो ।

दोस्रो त्रैमासमा बैंकको कर्जा २ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ३ खर्ब १० अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको २२ प्रतिशतको हिस्सा रहेको जनाइएको छ। निष्कृय कर्जा अनुपात ०.४३ प्रतिशत रहेको छ ।

हाल बैंकको मुलुकभर ३ सय ३९ शाखा कार्यालय, ४ सय ७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। ग्राहक संख्या २२ लाख भन्दा बढी रहेको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x