सुशासनका लागि लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण छ : अर्थमन्त्री पौडेल
काठमाडौं, १८ माघ । अर्थमन्त्री विष्णु पौडेलले देशको समृद्धिका लागि सुशासन महत्वपूर्ण रहने भन्दै सुशासनका लागि लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण रहेन बताएका छन् । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २४औँ बार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोहकामा उनले सुशासनको महत्वपूर्ण जिम्मेवारी चार्टर्ड एकाउन्टेन्टहरुको काँधमा रहेको बताए ।
देशको प्रतिनिधित्व गर्ने कुरामा थप सशक्त भएर लाग्न समेत उनले आग्रह गरे । आइक्यानको हरेक काममा अर्थमन्त्रालयको साथ र सहयोग हुने भन्दै आइक्यानसँग सधैं सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा संस्थाबाट उतीर्ण सिएहरुलाई काठमाडांै विश्वविद्यालयका संस्थापक उपकुलपति तथा बरिष्ठ शिक्षाविद प्राध्यापक डाक्टर सुरेशराज शर्माले सपथ खुवाएका थिए ।