Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से ६.८१ अंकले घट्यो, ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार

नेप्से ६.८१ अंकले घट्यो, ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार

काठमाडौं, २१ माघ । बुधबार शेयर बजार खुलेको केहि समयमा नै ४१ अंकले बढेर २५०० विन्दु पार गरेको नेप्से सूचक अन्तमा घटेर बन्द भएको छ। बजार खुलेको १० मिनेटमा नै नेप्से सूचक २५१५.०४ विन्दुमा पुगेको थियो । तर अन्तमा ६.८१ अंकले घटेर २४६६.९२ विन्दुमा बन्द भएको छ।

यस अवधीमा २ सय १ कम्पनीको ८ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ। त्यसमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। बैंकको ५६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै कमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु छन् । यस लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ सय ३२ रुपैयाँ पुगेको छ ।

त्यस्तै बुधबार कारोबारमा आएका १२ समूह मध्ये बैंकिङ, हाइड्रोपावर, माइक्रोफाइनान्स र म्यूचुअल फन्ड समूहमा गिरावट आए पनि अन्य बाँकी सबै समूह बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x