ग्रीन लाइफको आईपीओ विक्री खुला

काठमाडौं, २३ माघ । ग्रीन लाइफ हाइड्रोपावरले आजदेखि सर्बसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) विक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर विक्री खुला गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा बाँकी रहेको १६ लाख ८६ हजार ४ सय कित्तासमेत जोडेर सर्वसाधारणमा शेयर जारी गरेको हो । कुल कित्तामध्ये १ लाख ७४ हजार ८ सय २० कित्ता शेयर सामूहिक लगानीकोषको लागि, ६९ हजार ९ सय २८ कित्ता शेयर कम्पनीका कर्मचारी र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *