ओम डेभलपमेन्ट बैंकले १७.६९ प्रतिशतका दरले बानेस सेयर दिने

काठमाडौं, २६ फागुन । ओम डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १७.६९ प्रतिशत बोनस सेयर दिने भएको छ । शुक्रबार सम्पन्न बैंकको ११ औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । बैंकले गतआर्थिक वर्षमा ३९ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनस सेयर वितरण पश्चात बैंकको चूक्ता पूँजी २ अर्व ५१ करोड रुपैयाँ पुग्ने छ ।

त्यस्तै सोही साधारण सभाले संस्थापक तर्फबाट तीन र साधारणतर्फबाट तीन जना गरि सुशिलकुमार गोशेलीको अध्यक्षतामा ६ सदस्यिय संचालक समिति पनि चयन गरेको छ । बैंकको अहिले ५२ शाखा, ११ वटा एटिएम मार्फत २ लाख ३१ हजार ग्राहकलाई सेवा दिदै आएको छ । ओम डेभलपमेन्ट बैंकले जर्मनीको केएफडब्लु डेभलपमेन्ट बैंक बीच कर्जा लगानी सम्झौता गरेको छ । सम्झौता अनुसार ओमलाई साना तथा मझौता उद्यममा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानी गर्न १० वर्ष सम्मका लागि रकम उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *