Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

बैंक अफ काठमाण्डूका ग्राहकलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १० प्रतिशत छुट

काठमाडौं, २७ माघ । बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबीच सम्झौता भएको छ । बैंक र पार्टी प्यालेसबीच बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापश्चात् ग्राहक महानुभावहरुले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत छुट पाइने छ । डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आएको छ ।

हाल बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *