Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

गौरीफण्टा नाकाको स्तरोन्नती नहुदा यस क्षेत्रका व्यापारी देखी सबैलाई समस्या

गौरीफण्टा नाकाको स्तरोन्नती नहुदा यस क्षेत्रका व्यापारी देखी सबैलाई समस्या

धनगढी,५ माघ
नेपालका लागि भारतिय राजदुत रन्जित रे संग कैलालीका व्यापारी तथा उद्योगपतीहरुले गौरीफण्टा नाकाको स्तरोन्नतीको माग गरेका छन् । उनिहरुले यस क्षेत्रको समग्र विकासको लागि गौरीफण्टा नाकाको स्तरोन्नती आवश्यक भएकाले तत्काल पहलका लागि राजदुत रे संग आग्रह गरे ।
विहिबार (आज) हुने हुलाकी सडक उद्घाटनका लागि बुधबार धनगढी पुगेका राजदुत रेको स्वागतका लागि कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा व्यापारी तथा उद्योगपतिहरुले गौरीफण्टा नाकाको स्तरोन्नतीका लागि लामो समयदेखि पहल गरिरहेको भएपनि सार्थक हुन नसकेकाले तत्काल पहल गरिदिन राजदुत रे संग आग्रह गरे ।
ब्यापारीहरुको आग्रह सकारात्मक रहेको भन्दै राजदुत रेले यसका लागि पहल गर्ने बताए । उनले भने –‘ भारत सरकारले नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ, यसका बारेमा पनि बुझेर भारत सरकारले सहयोग गर्छ ।’ राजदुत रेले भारत सरकारले बिद्युत, सिचाई, स्वास्थ्य शिक्षा र निर्माणलाई फोकस गरी नेपालमा सहयोग गर्दै आएको बताए ।
उद्योगपति ओमप्रकाश अग्रवालले गौरीफण्टा नाकाको स्तरोन्नती नहुदा यस क्षेत्रका व्यापारी देखी सबैलाई समस्या भईरहेको बताए । उनले भारत सरकारले पुर्बका बिभिन्न नाकाहरुलाई बिस्तार गरे पनि पश्चिमको एक मात्र नाका गौरीफण्टालाई ध्यान नदिएको बताए । यस्तै उद्योगपति राजेन्द्र अग्रवालले पलिया देखि गौरीफण्टाको सडक दयनिय र साघुरो हुदा यस क्षेत्रमा उद्योग संचालनमा ठुलो समस्या भईरहेको बताए । उनले भारतका धेरै ठाउँबाट गौरीफण्टा सम्म बसहरु संचालन हुने गरेका भएपनि सडक साघुरो र भत्केको हुदा दुर्घटनाको जोखिम अत्याधिक रहेको बताए ।
कैलाली उद्योग बाणिज्य संघका सदस्य कृष्णराज पन्तले यस क्षेत्रका सबै बासिन्दाको साझा माग गौरीफण्टा नाकाको सुधार नै रहेकाले राजदुत रे लाई यसमा गम्भिर बनि तत्काल पहल गरिदिन आग्रह गरे । पर्यटन व्यवसायी मायाप्रकाश भट्टले सुदूरपश्चिम पर्यटकका लागि पनि निकै सम्भावित क्षेत्र रहेको र त्यसैमा धार्मिक पर्यटनमा पनि निकै सम्भावना रहेकाले गौरीफण्टा नाकाको स्तरोन्नती गरिए ठुलो राहात हुने उल्लेख गरे । उनले मानसरोबर धार्मीक यात्रामा जाने भारतियका लागि पनि गौरिफण्टा नाकाको सुधार भए धेरै सहज हुने राजदुत रेलाई जानकारी गराए ।
यसैगरी ब्यापारीहरुले गौरीफण्टा नाकामा क्वारेन्टाईन चेकपोष्ट नहुदा यहाँबाट निर्यात गर्नुपर्ने सामानका लागि नेपालगंजको नाका प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुनाए । उनिहरुले क्वारेन्टाईन चेकपोष्ट स्थापनाका लागि पहल गर्न पनि राजदुतलाई आग्रह गरे ।
भारत सरकारले भारु ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाएपछि यस क्षेत्रका सर्बसाधारणलाई भएको समस्याका बारेमा पनि राजदुत रेलाई जानकारी गराईएको छ । राजदुत रे ले व्यापारीहरुले उठान गरेका बिषयहरु समाधानका लागि पहल गर्ने आश्वासन दिए । उनले भने– ‘भारत सरकारले नेपालका हरेक क्षेत्रमा सहयोग गरिरहेको छ, अझै सहयोग गर्न तयार छ ।’ संघका अध्यक्ष शंकर बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिब रुपेश स्वाँरले गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x