Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

स्थानीय व्यावसायिक क्रियाकलापसँग सहकार्य गर्न ढकालको आग्रह

स्थानीय व्यावसायिक क्रियाकलापसँग सहकार्य गर्न ढकालको आग्रह

रूपन्देही, ३० माघ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय रूपमा सम्भावित व्यावसायहरू पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले शुक्रवार आयोजना गरेको स्वागत कार्यक्रममा ढकालले उद्योग, व्यवसाय संचालनका क्रममा उद्यमीहरुले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्वले एकढिक्का भएर गम्भीरतापूर्वक कार्य गरिरहेको बताए ।
आफूलाई निर्वाचित गराउन रुपन्देही संघले गरेको साथ, सहयोग र समर्थनप्रति पनि उनले आभार व्यक्त गरे । उक्त अवसरमा उनले लुम्बिनी केबलकार प्रालिद्वारा निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको बुटवल –३ स्थित गोलपार्कदेखि पाल्पा जिल्लाको तिनाउ वसन्तपुरसम्मको लुम्बिनी केबलकारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शनिबार शिलान्यास गर्न लागिएको जानकारी दिँदै उक्त समारोहमा सहभागी भएर हौसला बढाइदिन आग्रह पनि गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *