कुबेर मर्चेन्टको नाम सिटी एक्सप्रेस फाइनान्स

काठमाडौं, २८ फागुन । कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको नाम परिवर्तन भएको छ । कुबेरको नाम परिवर्तन गरेर ‘सिटी एक्सप्रेस फाइनान्स’ राखिएको छ । नेप्सेमा यसको सेयर कारोबार यही नयाँ नामबाट सुरु भएको छ । कम्पनीको सेयर कारोबार संकेत पनि परिवर्तन गरी ‘सीइएफएल’ राखिएको छ । यसअघि भने ‘केएमबीएसएल’ संकेतबाट कारोबार हुँदै आएको थियो ।

कुबेरको गत भदौ ४ गते बसेको वार्षिक साधारण सभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । सोही निर्णय अनुसार कुबेरले नाम परिवर्तन गरी सिटी एक्सप्रेस बनाएको हो । चालु अर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २ करोड ८२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *