Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कुमारी बैंकले ठमेलका व्यवसायीलाई बिनाधितो ऋण दिने, तर अर्काे बैंकबाट ऋण लिएकाले भने नपाउँने

कुमारी बैंकले ठमेलका व्यवसायीलाई बिनाधितो ऋण दिने, तर अर्काे बैंकबाट ऋण लिएकाले भने नपाउँने

काठमाडौं, ६ फागुन । कुमारी बैंक लिमिटेडले ठमेलका पर्यटन व्यवसायीलाई लक्षित गरी ‘कोभिड–१९ प्रभावित ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा’ योजनामा ल्याएको छ । अर्काे बैंकबाट ऋण नलिएका कोभिड महामारी अगाडि लगातार २ वर्षसम्म नाफामा रहेका व्यवसायलाई बैंकले उक्त योजना अन्तर्गत सामूहिक ऋण उपलब्ध गराउँने भएको हो ।

बिहीबार (आज) पर्यटन व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा कुमारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनिश तिमल्सिनाले अर्काे बैंकबाट ऋण लिएका पर्यटन व्यवसायीहरुलाई बैंकले विना धितो ऋण उपलब्ध गराउँने बताए ।

तर, बैंकले कठोर सर्त राखेकाले यो ऋण प्राप्त गर्न कोही पनि योग्य नहुने व्यवसायीको गुनासो छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिएर व्यवसाय गर्ने कुनै पनि व्यवसायी नभएकाले त्यसमा हेरफेर गर्न व्यवसायीहरुको माग छ । त्यस्तै ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष भवी शर्माले पहिलो चरणमा ऋण लिन नसकेका व्यवसायीलाई यो सुविधा दिने र अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गर्नहरुलाई पनि समेट्दै जाने बताए । त्यसको लागि उक्त बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर लिएर आउँनुपर्ने उनको भनाई छ ।

ऋण प्राप्त गर्नका लागि ३ जनाको समूह बनाउँनु पर्नेछ । यो ऋणका लागि २ किसिमका व्याजदर कायम गरिनेछ । एक वर्ष सम्म एउटै व्याजदर कायम गर्न चाहाने व्यवसायीले १० प्रतिशमा ऋण प्राप्त गर्न सक्नेछन् भने बैंकको आधार रेटमा २ देखि ४ प्रतिशतसम्म व्याजदर कायम गरेर पनि ऋण उपलब्ध गराइने छ । आधार रेटमा लगाइएको व्यजदर प्रत्यक महिना परिवर्तन हुने बैंकले जनाएको छ । ऋणको लागि आवश्यक सहजीकरण ठमेल पर्यटन विकास परिषदले गर्नेछ । कुमारी बैंकले व्यवसाय धितोमा राखि पर्यटन व्यवसायीलाई १५ लाख रूपैयाँ ऋण उपलब्ध गराउँन ठमेल पर्यटन विकास परिषदसँग सम्झौता गरेको छ ।

यो ऋण प्राप्त गर्न परिषदमा दर्ता भएका पर्यटनसँग सम्बन्धित व्यवसाय गरिरहेको हुनुपर्ने छ । उक्त ऋण सुविधाको लागि ठँहिटी र ठमेल शाखाले सहजीकरण गर्नेछन् ।

हाल बैंकले १९२ शाखा कार्यालय र १५६ एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x