Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

औद्योगिक विकासको युग शुरू : उद्योग मन्त्री भट्ट

औद्योगिक विकासको युग शुरू : उद्योग मन्त्री भट्ट

विवेक कुमार नागरी

धनगढी, ९ फागुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग शुरू भएको बताएका छन् । आइतवार बिहान प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले औद्योगिक प्रदेशमा धमाधम औद्योगिक क्षेत्र सञ्चालनमा आउने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटन गर्न आउने बताउदै मन्त्री भट्टले सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको बताए ।
‘गेटा मेडिकलको भौतिक पूर्वाधार निर्माणको कार्य सकिँदै छ, प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुराकानी भएको छ,’ उनले भने । यसले सुदूरपश्चिमको मात्रै नभएर देशकै मेडिकल क्षेत्रमा योगदान पु¥याउने भएकाले विश्वविद्यालयको रूपमा विकास गर्नुपर्ने उनले बताए ।
९ अर्बको लागतमा ५ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको भट्टले बताए । कैलालीको हरैयामा साढे ३ सय बिगाहा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाह को अध्ययन प्रतिवेदनको काम अगाडी बढी सकेको बताउदै मन्त्री भट्टले विशेष गरी यो क्षेत्रका खानीहरूको पहिचान गरेर उत्खनन अन्वेषण गर्ने कार्य सुरु भएको उनको भनाइ छ ।
बैतडीमा रहेको फलाम खानीको पनि यो वर्ष भित्र काम अघि बढ्ने छ । निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमकै मेडिकल विश्वविद्यालयको रूपमा विकास गर्न लागिएको मन्त्री भट्टले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *