Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शेयर बजारमा ब्रेक लाग्यो, परिसूचक २६०७ विन्दुमा झर्यो

शेयर बजारमा ब्रेक लाग्यो, परिसूचक २६०७ विन्दुमा झर्यो

काठमाडौं, १० फागुन । निरन्तर बढ्दो क्रममा रहेको शेयर बजार परिसूचक नेप्सेमा सोमबार ब्रेक लागेको छ । सोमबार शेयर कारोबार खुला भएदेखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक अन्तमा ३२.३७ अंकले घटेर २६०७.६७ विन्दुमा झरेको छ ।

आइतबार (हिजो) परिसूचक २६४०.३४ विन्दुमा थियो ।

सोमबार कारोबारमा आएका १२ समूह मध्ये हाइड्रो र अन्य समूहको उपसूचक बढेपनि बाँकी अरु सबै घटेको छ । बढेका २ समूहको उपसूचक पनि क्रमशः ४५.८५ र २७.८६ अंकले मात्र बढेको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले घटेर ४७०.३७ विन्दुमा थामिएको छ ।

परिसूचक घटेको यो दिन कारोबार भने २ सय ७ कम्पनीको ८ अर्ब ४० करोड ६३ लाख रुपैयाँ बराबरको भएको छ । यो कारोबार रकम हिजोको तुलनामा झन्डै ३० करोड रुपैयाँ कम हो ।

यस्तै सोमबार सबैभन्दा धेरै नेपाल इन्फ्राईस्टक्चर बैंकका लगानीकर्ताहरुले कमाएका छन् । यो बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ६० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरुको सूचीको दोस्रो स्थानामा पनि यही बैंक रहेको छ । बैकको ३२ करोड १२ लाख रुपैयाँ बढीको शेयर खरिद–बिक्री भएको छ । पहिलो स्थानमा भने एनआइसी एसिया बैंक रहेको छ । यो बैंकको ३८ करोड २४ लाख रुपैयाँ बढीको शेयर खरिद–बिक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x