Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

जापान पुग्यो जुम्लाको मार्सी, क्यानडा निर्यातको अन्तिम तयारी

जापान पुग्यो जुम्लाको मार्सी, क्यानडा निर्यातको अन्तिम तयारी

जुम्ला, २१ फागुन । जुम्लाको मार्सी चामल र अन्र्यानिक सिमीलगायत कृषिवस्तु अन्तररष्ट्रिय बजार पाउन थालेको छ । अग्र्यानिक्स एण्ड सुपरफुड कम्पनीले जिल्लाबाट पहिलोपटक जापानमा यसको निर्यात गरेको छ । छिट्टै क्यानडा निकासीको समेत तयारी अन्तिम चरणमा पुगेको कम्पनीले बताएको छ ।

व्यावसायिक रूपमा कर्णालीका खाद्य पदार्थ अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ ती सामग्री निर्यात कम्पनीले बताएको छ । कर्णालीका खाद्य पदार्थ व्यावसायिक रूपमा निर्यात भएको यो पहिलोपटक रहेको स्थानीयको भनाइ छ ।

यस्तै २० टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका सञ्चालक सञ्चालक राज शाहीले बताएका छन् । पन्ध्र टन मार्सी, चार टन सिमी तथा एक टन हरियो केराउ र कोदो क्यानडाबाट माग भएको कम्पनीको भनाइ छ । ती सामान ‘कर्णाली सुपरफुड’ ब्राण्डमा निर्यात हुनेछ । क्यानडास्थित लायम फुड कर्पोरेशनको समन्वयमा कम्पनीले निर्यात गर्न लागेको हो ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको ‘जुम्ला घर अग्र्यानिक्स’मा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, आयुर्वेदिक चिया, चिनो, कागुनो र टिमुर उपलब्ध रहेको सञ्चालक शाहीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x